About Me

HELLO ITS ME DIWAS RAJ PUDEL I AM AN PUBLIC SPEAKER , ANALYST AND A SOCIAL WORKER .

Me DIWAS RAJ PUDELI have been working as an political analyst in sp1tv nepal. I am also working as an central chief in Desh Bhakta Yuwa Nepal . I am also the part of national Library campagin from which more the two dozon of library have been established in saveral prision of Nepal . Along with it Title of western public speaker 2072 , Butwal voice 2073 , Pabson speaker 2070 etc.. provide me additional energy to work . National conference on the implementation of constitution was organized on the leadership of mine . I feel so buoyant on raising voice for the voiceless issue . Currently I am doing graduation in law from Purbanchal University with the aim of joining ICJ in near future .

Brithday 2060-11-02
Call +9779863929262
Email [email protected]
Website www.diwaspoudel1.com.np

My Portfolio

What i do
  • All
  • PUBLICK SPEAKING
  • READS BOOK
  • SOCIAL SERVICE

My Blog

Latest blog
हामी पुस्तान्त्रण सहितको युवा नेतृत्वको खोजिमा छौ , जब सम्म युवा आफैले आफ्नो युगादानको आवस्यकता महसुस गर्दै समाज रुपान्तरणमा होमिदैन्न तब सम्म यो परिवर्तन सम्भव छैन । युवा अग्रसरता , युवा नेतृत्व र समाज रुपान्तरणको सपना देख्ने युवा नेता टि आर पाण्डे समृद्ध गाउँ निर्माणको यथेष्ट मोडालिटी सहित वाडगंगा नगरपालिका वार्ड नम्बर ८ मा नेपाली काँग्रेसका तर्फबाट वार्ड अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्नु भएको छ । २६ बर्षीय पाण्डेले वडाको विकास एवम् समृद्धिमा युवाको नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । आज भन्दा करिब ६ वर्ष पहिले नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनैतिक यात्राको सुरुवात गरेका टि आर नामले चिनिने तिलकराम पाण्डे युवाहरुका माझमा अत्यन्तै प्रिय छन् । आहिले निर्वाचनमा जनाताले आश्वासन भन्दा पनि उस्ले आज सम्म दिएको योगदानलाई आधार बनाउनेमा उनी निश्चित छन ! त्यसो भए टि आर नै वार्ड अध्यक्षमा किन ? आहिले सम्माका उनको योगदान के आउनुहोस् केहि चर्चा गरौं :- 1) विगत ६ वर्ष देखि निरन्तर विद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेसको सक्रिय राजनितीमा सम्लग्न रहेका टिआर का पार्टी भित्रै पनि समर्थन गर्नेको पनि एउटा ठुलै जमात देखिन्छ । 2) उनले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । ‘युवाको काँधमा वडाको जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उनले प्रतिवद्धता जनाएका छन् । युवाका माँझमा लोकप्रिय रहेका उनी सामाजिक कार्यमा स
मर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिन्छन् ।
वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उनको दाबी छ । 3) कोरोना महामारीको को चपेटामामा परेका गरिब तथा असाहय परिवारका करिब ४५ घर परिवारमा खाद्यन्न सामाग्री र न्यानो कपडा उपलव्ध गराए 4) गरिब तथा जेहन्दार विद्यार्थीलाई भाग्य बोक्ने झोला र कलम लिएर उनी विभिन्न विद्यालयमा पुग्नुका साथै चप्परगाउँमा रहेको मस्जिदमा उनले करिब एक लाख बराबरको शैक्षिकक सामाग्री वितरण गरे 5) युवा र खेल्कुदलाइ प्रोत्साहन गर्ने उद्देश्यले उनले नगर भित्रका विभिन्न कलबहरुमा खेलकुद समाग्री वितरण गरे 6) यति मात्रै होइन कृषिमा आधुनिकिकरण गर्ने उद्देश सहित आहिले उनकै नेतृत्वमा कृषि उपकरण केन्द्र संचालनमा छ , जसले कृषकलाई सौलियत दरमा विभिन्न कृषि जन्य उपकरणहरु उपलब्ध गराउँदै आएको छ । युवाको काँधमा वडाको जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै अघि बढ्ने सोंच लिएर उम्मेद्बारी दर्ता गराएका पाण्डे आफ्नो कार्य कौसलता , समाज रुपान्तरणको सोंंचका कारण वार्डा बासिमा अत्यन्तै लोकप्रीय छन । अहिले वडामा अहिले करिब एक हजार ४ सय नयाँ मतदाता थपिएको बताउँदै उम्मेद्वार पाण्डेले उनीहरुको आफुलाई साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे । वडा नं.८ नेकपा एमालेको एक गणको रुपमा रहदैं आएको छ । गत स्थानीय तहको निर्वाचनमा एमाले ५ सय १५ मतको अन्तरमा विजयी भएको थियो । अहिले पनि एमाले करिब ७-८ सय मतले अघि रहेको बताउँदै उनले यो समयमा एमालेलाई पराजित गर्न आफ्नो सम्पूर्ण तागत लगाउने जिकीर गरे । साथै उनले सबैलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन सबै वडावासीलाई आह्वान समेत गर्दछन ।
हरेक मानिसका आ आफ्नै संघर्षका कथा हुन्छन्् । संघर्षका कथा बाहिर ल्याउनुको उद्देश्य भनेको त्यो कथाको भगाइ र जिवन जगतसँगका अनेकन यात्राबाट पाठकले केही ज्ञान आर्जन गरोस् भन्ने हो । मलाइ लाग्दैन की म त्यो स्थानमा पुगीसकेको छु जस्को उचाइ हिमालको चुचुरो भन्दा अग्लो हास् र केहि सिमित मान्छेले मात्रै त्यसको अनुभव गर्न सकोस । जिवनमा भोगाइ र अनुभवको अनवरत यात्रा जारी छ तर आज म सुनाउँछु मैले आहिले सम्म अनुभव गर्न पाएका केही सफलताका केहि असफलता पोछिको संंघर्षका कथा । मेरो जन्म अर्घाखाँचीको एउटा विकट गाउँमा भएको हो जहाँ अशिक्षा र गरिविले नराम्रो सँग जरा गाडेको थियो । यहाँ सम्म कि पूरै एउटा गा.वि.स को लागि एउटा मात्रै मा वि विद्यालय थियो जाँहा पुग्न मेरो घरबाट करिब डेड घण्टाको लामो यात्रा गर्नु पथ्र्यो । गाउँ जति नै प्रकृतिक सौन्दर्यले भरिर्पुण थियो त्यति नै जिवन यापनमा कठिन । केबल कृषिले धानेको मेरो गाउँको अर्थ तन्त्रमा मेरो घर अछुतो रहन सकेन । म त्यति पुरानो नभए पनि अहिलेका मेरै उमेरका साथिहरुलाइ सुनाउँदा पत्त्याउन गाह्रो मान्छन् । हरेक दिन विहान उठ्ने वित्तीकै घाँस काटे पछि मात्रै स्कुल जाने समय हन्थ्यो । यसै गरि प्राकृतिको काखमा रमाउँदै केहि संघर्ष केहि अभावका बिच मेरो ए एल सी सम्मको पढाइ पुरा भयो । घरको सिमित आर्थिक परिधि बिच रहेर मेरो सपना पुरा गर्ने काम मेरो लागि निकै संघर्ष पुर्ण थियो । गाउँ नै रित्तो बनाएको बैदेशीक रोजगार मेरो बाटो कुरेर बसेको थिया तर म अभाब कै बिच भएपि संघर्ष गरिरहने निष्कर्ष सहित म सहर पस्ने निर्णय गरेँ र मेरो यात्रा कपिलवस्तु तर्फ मोडियो । आफुलाइ सानैबाट सेतो कोट र त्यो सँग सम्बन्धित पेसा प्रति रहेको अकर्षणलाइ जिवनमा उत्रार्ने अठोट सहित मैले सि एम ए पढ्ने निर्णय गरेँ । थोरै आर्थिक र छोटो समयमै चिकित्सा पेसामा अबद्द गराउन यो १८ महिने कोर्ष जिवनमा वर्दान सावित भयो । मधेसको चर्कों घाम र मुटु कमाउने सित लहरसँग जुध्दै मेरो सि एम ए पास भयो । जिवनमा यति खुशि सायदै कहिलै लागेको थियो होला । तर मैले सोँचको त्यति सहजै पुरा भएन, विविध संघर्षका बिच र्कोस पास गरे पनि मेरो अगाडि बेरोजगारी अर्को एउटा ठुलो समस्या बनेर अगाडि आयो । कतै समय नमिल्नै कतै अनुकुल वातावरण नमिल्ने यहि बिचमा दुइ वर्ष बित्यो त्यहि समयमा मैले बुटवलको कालिका क्याम्पस भर्ना भए र १२ कक्षा पुरा गरेँ । त्यसको केहि समय पछि सितगंगा नगरपालिकाले अ.हे.व को लागि आवेदको खबर सुने र परिक्षको तयारी तर्फ लागेँ र अन्त्यत सफल भए । म हालमा प्रथामीक स्वास्थ्य केन्द्र ठाडामा अ.हे.व को रुपमा कार्यरत छु । जिवनमा अझै तय गर्नु पर्ने यात्रा कयौँ छन् । थाहा छैन सफलता मिल्छ या मिल्दैन तर मेरो संघर्ष अनवरत छ । हिमालका कोचबाट लगातार बगिरहने खोला जस्तै गरि सिक्ने भोग्ने र अनभव बटुल्ने यात्रा जारी छ ।
जन्म दिनमा मानिसहरु केक काट्ने पाटी गर्ने गर्छन तर वाणगंगा नगरपािलका वडा नम्बर ८ मोर्मिका समाजसेवि टिआर पाण्डेले (तिलक) आफनो २६ औं जन्म दिनको अवरमा न्यानो कपडा वितरण गरेका छन् । अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन विपन्न वाणगंगा र मधुवानका करिव ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका अत्यान्तै गरिव जो कमाउन जान नसक्ने गरिव परिवारलाई चिसो मौसममा थोरै भएपनि राहत मिल्ने अपेक्षा सहित न्यानो कपडा सिरक डसिना सहयोग गरेको उनको भनाइ छ । उक्त कार्यक्रममा समाज सेवि चन्द्रकान्त पोख्रोल सिके,विसाल आचार्य, दामुदर न्यौपाने आयोग क्षेत्री लगायत पत्रकार उपस्थिति रहेको थियो ।
के तपाईंलाई थाहा छ नेपालको संविधान २०७२ को भाग २ मा र नेपाल नागरिकता ऐन २०६३ मा नेपाली नागरिकता सम्बन्धी के कस्ता कानूनी व्यवस्था गरिएको छ? नेपालकाे संविधान २०७२ को भाग २ को धारा १० को उपधारा १ बमोजिम कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन्। धारा १० को उपधारा २ बमोजिम नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ। वंशजको अधारमा नागरिकता कस्ता नागरिकले पाउँछ? नेपालको संविधान (२०७२) को भाग २ को धारा ११ को उपधारा २ को खण्ड (ख) बमोजिम कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भनें त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ। धारा ११ को उपधारा ३ बमोजिम यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालकाे नागरिक रहेछ भने निज बालिग भएपछि बंशजको अधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ। धारा ११ को उपधारा ४ बमोजिम नेपाल भित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक थाहर्नेछ। धारा ११ को उपधारा (५) बमोजिम नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बशोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलार्इ वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ। तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरीकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ। अंगीकृत नागरिकता कस्ता नागरिकले पाउँछ? धारा ११ को उपधारा ६ मा नेपाली नागरिक संग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ। धारा ११ को उपधारा ७ वमोजिम विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिला नागरिक बाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेछन भनें निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ। नेपाल नागरिकता ऐन २०६३ को दफा ५ को उपदफा ४ बमोजिम नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको,नेपालमा कुनै व्यवशाय गरी बसेको , कम्प्तीमा १५ बर्ष सम्म नेपालमा बसोबास गरेको, नेपाली नागरिकलाई अंगीकृत नागरिकता दिने कानुनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको , स्वस्थ भएको व्यक्तिले अंगीकृत नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरिएको छ।
बुटवलको चिया चौतारी बूक क्याफेको सभा हलमा आज बुधबार साहित्य अभियन्ता तथा समाजसेवी भुवन अर्याल र राष्ट्रिय पुस्तकालय तथा कारागार पुस्तकालय अभियानका अभियन्ता शुभद्र पोखरेलले ‘ब्लु डायरी’को समीक्षा गरेका हुन्। भुवन अर्यालले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताएका छन् । चराचुरुङ्गीले देखाएको दर्शनलाई सुन्दर चित्रण गरिएको कुरा उल्लेख गरे । उपन्यासले प्रेममा धोका खाएका वा विक्षिप्त भएकाहरूका लागि मनो चिकित्साको काम गर्ने बताएका छन् । प्रेममा हार खानु भनेको जीवनको अन्त्य होइन बरु नयाँ जीवनको आरम्भ पनि हुन सक्छ भनेर बताए । उपन्यासले सकारात्मक सन्देश दिएको कुरालाई पनि जोड दिएका हुन् । सुभद्र पोखरेलले उपन्यास बारे बोल्दै पुस्तकमा युवायुवतीबिचको प्रेम मात्र नभएर बाबुछोरा,दिदीभाइ,प्रकृति आदिको सम्बन्ध र प्रेमलाई बढो सुन्दर ढंगले बयान गरिएको बताए । ब्लु डायरी भित्र नेपालको भिन्न पर्यटकीय स्थानको मनोरम दृश्यलाई शब्दको गहिराइ पाउन सकिने पनि बताए । यस उपन्यासले सहि अर्थको प्रेमको पाठ सिकाएर प्रेमको वास्तविक अर्थ बुझाउन प्रेरणादायी भएको कुरामा जोड दिए । कसैलाई पनि हानी नपुर्‍याई आफू खुसी हुने मानवताको सन्देश दिएको कुरा प्रष्टाए । उपन्यास बारे आफ्नो मन्तव्य व्यक्त गर्दै लेखक कृष्ण आचार्यले भने, ञब्ल्युडायरी युवा पुस्ताको कथा हो ।
उनीहरुको संघर्ष, प्रेम,असफलता अनि सफलताको कथा हो । पुस्तको जीवनदेखी हारेका या हार्दै गरेकालाई उत्साह,हौसला,प्रोत्साहन, प्रदान गर्दै अघि बढ्न प्रेरित गर्छ भन्ने मेरो विश्वास हो । सबैभन्दा पहिलो कुरा त पुस्तक पढेपछि पाउने सन्तुष्टि पाइन्छ । ३५० रुपैयाँ खेर फालेको अनुभूति हुँदैन । अर्को कुरा पुस्तकमा मैले नयाँ विषय ९लेखक र पाठकको कथा० उठान गरेको छु । जसकारण लेखकले आफ्नो र पाठकले आफ्नो अनुभव गर्नुहुन्छ । यहाँ सम्बन्धको कुरा चाहे त्यो प्रेममा होस्, चाहे प्राकृतिक र पारिवारिक आफूसँग आफ्नो सम्बन्ध होस् या प्रकृतिसँग मान्य सम्बन्ध चाहे त्यो लेखक र पाठकको सम्बन्ध नै किन नहोस् । यस पुस्तकको नयाँपन भनेकै सम्बन्ध हो । सम्बन्ध बचाउनु छ भने सबैलाई पुस्तक पढ्न आग्रह गर्छु , त्यो आफैँसँगको सम्बन्ध होस् वा अरुसँगको । कार्यक्रममा हिमालय बूक हाउसका सञ्चालक माधव गौतमले लेखकलाई खादा लगाएर सम्मान गरेका थिए । बिएन पुस्तक संसारका प्रबन्ध निर्देशक सुर्य बिसिले कार्यक्रममा सहभागी भएर लेखकको हौसला बढाएका थिए । कार्यक्रमको सञ्चालन कवि जनक कार्कीले गरेका थिए । कार्यक्रमको उत्तरार्धमा दर्शकले लेखकलाई प्रश्न सोधेका थिए । प्रश्नोत्तर सिलसिलामा नेपाली साहित्यमा भएका वेथिति,गुटउपगुट,विकृति लगायत लेखनबाट हुने आत्मसम्मान र नयाँ लेखकले गर्नुपर्ने महत्वपूर्ण विषयमा चर्चा परिचर्चा भयो । यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ । बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ
तस्बिर :- यो तस्बिर करिब १ वर्ष अगाडि डाक्टर गोविन्द केसी समर्थनमा कपिलवस्तुमा रिले अनशनको समयमा लिइएको हो, तस्बिरमा मसँगै श्री गौरव पौडेल सरोज घिमिरे हुनुहुन्छ ! अन्ततोत्व कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान कासले सेता एप्राेन लगाएका डाक्टरहरु उत्पादन गर्ने उदेश्यले पहिलाे ब्याच MBBS काे orientation सुरु गरेकाे छ । कास मा MBBS, B-Pharm, BPH, BN काे पनि क्लास सुरु भएकाे छ । अब जुम्लाको सेताे हिउँमा सेता एप्राेन टल्किने भएका छन् । जुम्लामा पनि एमबिबिएस ( डाक्टरी ) पढाइ हुनुपर्छ भनेर डाक्टर गोबिन्द केसी भोको बस्दा सत्तामा बस्ने मान्छेहरु गोबिन्दे बहुलायो भन्थे ।बहुला डा केसी लाई स्याबासी दिन मन लाग्यो । स्याबास पागल मनुवा ! तिमीले भोक खपेका थियौ र शासकहरु त्यो भोकसँग झुकेका थिए /गलेका थिए । डा केसी जुम्लामा आफ्नो जीवनको १९ औं आमरण अनशन २८ दिन बसेका थिए । यो जीत सारा कर्णाली वासीको हो, सिङ्गो देशको हो अनि हार लुटतन्त्रका मतियारको हो । संपूर्ण अभियान्ता हरुमा नमन डा गोविन्द केसी लाई अझ धेरै नमन ☘️❣️ 🖊️Rabindra Upadhayaya
हरक दिन जस्तै गरी साँझको 8 बस्नै लाग्दा नेपाल खबर सुन्छु भनेर विस्तारमा पल्टिएको थियो एकैछिनमा यतिबेला साँझको ८ बज्यो भन्दै खबरको धुन बज्न थाल्यो , त्यो धुन सुन्ना साथ मनमा एउटा प्रश्न उत्पन्न भयो आखिर कसरी चल्छ यो देश ? यत्तिकैमा मुख्य खबर सुरु भयो , “प्रधानमन्त्री ओलि र माधव नेपाल विचको तिक्तता झनै पेचिलो बन्दै” “प्रचण्ड र जसपा नेता विच सत्ता समीकरणको बाटो खोज्ने सहमति” “नेपाली काँग्रेस भित्रै सत्ता समीकरणका विषयमा दुइ धार” यति सुन्ने पछि दिक्क लाग्यो र मुबाइलबाट एरफोन झिकेर कुना तिर मिल्कादिए , दिक्क नलागोस पनि कसरी यहि सत्ता समीकरण, पार्टी विवाद, सहमति असहमति जस्ता खबरहरु सुन्दै मेरो जीवनको एक चौथाई भाग सकिसकेको छ। अनि त्यही प्रश्नको उत्तर खोज्दै सोंच्न थाले हामी व्यवारिक शिक्षाको माग गरिरहँदा मैल पढेको र व्यवारमा देखेको राजनीतिमा किन यति धेरै फरक ? के मैले पढेको “देश र जनताको हक र हितका लागि उनीहरु माथी गरिने वा बनाइने शासन वा निति नै राजनीति हो ” भन्ने गलत व्याख्या हो त ?? यदि होइन भने मैले हरेक दिन आँखा खुल्ना साथ सुन्ने कायकैरणमा जनताको हितको निमित्त वैठक बस्यो भनेर किन भन्दैन ? कि समाचार संपादकहरुले यस्ताकुरालाई समय नदिएका हुन त ? यो मेरो व्यक्तिगत प्रश्न हुँदै होइन । मेरो हजुरबुबा जिन्दगी बुझेर संसार छोडेर जाने बेला सम्म नेपाली राजनीतिको वास्तविक अर्थ बुझ्न गर्नु सक्नु भएन । मेरो विचारसँग असहमत हुने थुप्रै ठाउँ होलान तर एक पटक छातिमा हात राखेर भन्नुहोस त तपाईं अनि मैले बनाएका प्रतिनिधिहरुको केन्द्रिय कमिटी ,स्थाइ कमिटी , मन्त्री परिषद या आरु कुनै पनि वैठको मुख्य एजेन्डा जनताका समस्य भन्ने देख्नु भएको छ ? एकजना मान्य ज्युको भनाइ याद आयो नाम उल्लेख नगरौं ” म पहिलो संविधान सभाव देखी निरन्तर संसद छु र पार्टी , सरकार हुँदै प्रतिपक्ष तगाएतका हरेका तत्कामा बस्ने अवसर मिल्यो , धेरै वैठकहरुमा समेल भए तर आज सम्म सत्ता र शक्ति बाहेका विषयमा छलफल भएको मेरो मस्तिष्कलाई याद छैन” त्यसो भए यो देश चल्छ चाहिँ कसरी ?? यथार्थमा यहाँ देश चलेकै छैन चलेको छ त केवल राजनीति , एक वर्षमा ४ वटा पुल बन्छ ४-५ किमि बाटो बाटो बन्छ अझ धेरै भयो भने २-४ ओटा सार्वजनिक सौचालय भन्छ अनि केहि नपाए पछि त्यही कुरालाइ आफ्नो पालामा भएको प्रगति भन्न भ्यउँछन र उद्घाटन गर्दै हिँड्न भ्याइनभ्याई हुन्छ । २-३ ओटा शौचालय बनाउन र उद्घाटन कै प्र.म बनाएका हुन त जनताले ? एक जान वरिष्ठ पत्रकार प्रेम बानियाले भनेको याद आयो “२६ वर्ष अगाडि पनि एक दर्जन कै दबददा थियो आहिले पनि तिनै एक दर्जनको हालिबुहाली छ” यो देशको स्थिती फर्ने बेल्चाहरु आजसम्म कसैले चलाएकै छैन चलाएको छ त सत्ता र शक्तिका कुर्सीहरु , त्यसैले कहिले काँही यस्ता व्यस्त नेतृत्वहरुलाइ हेर्छु अनि सोंच्छु साँच्चै भगवानले नै चालाएका छन यो देश ।

Contact Me

Contact With Me

You can contact me as information provided below.

  • Putalisadak, Kathmandu
  • 9863929262
  • diwasraj2060.gmail.com
  • diwaspoudel1.com.np